Logo

प्रधानमन्त्री देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, आरजु सर्वसम्मत चयन



काठमाडौं, ७ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा महाधिवेशन प्रतिनिधिमा भारी मतले निर्वाचित भएका छन् । सभापतिको दाबेदार देउवाले गृहजिल्ला डडेल्धुराबाट ७ सय ९१ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

त्यस्तै, कांग्रेस नेतृ तथा देउवा पत्नी डा.आरजु राणा पनि डडेल्धुराबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएकी हुन् । प्रधानमन्त्री देउवाले मञ्जुरीनामा मार्फत उम्मेदवारी दिएका थिए ।

कांग्रेस केन्द्रीय समितिका पदाधिकारीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने वैधानिक व्यवस्था भएपनि देउवाले उम्मेदवारी दिएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्