Logo

काँग्रेस युवा नेता बाबुराजा चित्रकारद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा



काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसका युवा नेता बाबुराजा चित्रकारले १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । उनले ललितपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधि चयन पछि उक्त घोषणा गरेका हुन् ।

नेविसंघका पूर्वसहमहामन्त्री समेत रहेका चित्रकारले आउँदा सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनमा दोस्रो बढी मत ल्याएका छन् । उनले २०४ मत ल्याएका हुन् ।

नेविसंघको राजनीतिबाट अगाडि बढेका चित्रकार त्रीचन्द्र क्याम्पसमा नेविसंघका तर्फबाट सभापतिका प्रत्यासी पनि भएका थिए । उनी विद्यार्थी राजनीतिबाट नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्