Logo

गुडिरहेको बसमा अचानक आगो लाग्यो, ४५ जनाको मृत्यु



एजेन्सी, ७ मंसिर । बुल्गेरियामा गुडिरहेको बसमा आगलागी हुँदा ४५ जानको मृत्यु भएको छ ।

राजधानी सोफिया भन्दा दक्षिण पश्चिममा रहेको बोस्नेक गाँउ नजिकै उक्त दुर्घटना भएको हो ।

स्थिानिय समय अनुसार मंगलबार बिहान दुई बजे गुडिरहेको बसमा अचानक आगो लागेको स्थानिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मृत्यु हुनेमा अधिकाशं बालबालीका रहेको बताइएको छ ।

आगलागी भएको बस टर्की बाट उत्तरी मेसेडोनियाका लागि छुटेको जनाइएको छ । Photo: Reuters



प्रतिक्रिया दिनुहोस्