Logo

फाइजरका नेपाल प्रबन्धक भट्टराईको डेंगुले निधन



काठमाडौं, ७ मंसिर । अमेरिकाको भ्याक्सिन तथा औषधी उत्पादक कम्पनी फाइजरको नेपाल हेर्ने प्रबन्धक पदम भट्टराईको निधन भएको छ । ४९ वर्षीय भट्टराईको आज विहान डेंगुबाट निधन भएको हो ।

उपचारका क्रममा नर्भिक अस्पतालमा राखिएका भट्टराईको विहान ८ बजे निधन भएको परिवारनिकट स्रोतले जानकारी दिएको छ । उनकी धर्मपत्नी रीता शर्मा भट्टराई, एक छोरा र एक छोरी छन् ।

सामाजिक क्षेत्रमा पनि निकै सक्रिय भट्टराई नीति अनुसन्धान प्रतिष्ठानका बोर्ड सदस्य थिए । हिन्दु स्वयंसेवक संघ नेपालका स्वयंसेवक पनि थिए ।

बानेश्वर घर भएका भट्टराई पछिल्लो समय फाइजरको खोप नेपाल ल्याएर व्यवस्थापनमा सक्रिय थिए । उनलाई केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । तर, डेंगुको संक्रमण ह्वात्तै बढेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot