Logo

ओलीको उत्तराधिकारी बन्न पोखरेल, नेम्वाङ र पौडेलबीच प्रतिष्पर्धा



काठमाडौं, ७ मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा तीनजना मुख्य दाबेदार देखिएका छन् । महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ मुख्य दाबेदार देखिएका हुन् ।

एमालेमा अध्यक्षपछि वरियतामा वरिष्ठ उपाध्यक्ष पद राखिएको छ । जो यो पदमा पुग्छ उही अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने सम्भावना बलियो छ ।
पोखरेल, पौडेल र नेम्वाङमध्ये एक वरिष्ठ उपाध्यक्ष बन्ने निश्चित जस्तै छ । यसको अर्थ अब ओलीको उत्तराधिकारी यी तीनमध्येका नेता हुनेछन् ।

ईश्वर पोखरेलले ओलीलाई कठिन समयमा साथ दिए । उनी ओली समूहबाट नवौं महाधिवेशनमा निर्वाचित महासचिव हुन् । ओली सरकारमा उपप्रधानमन्त्रीसहित रक्षामन्त्री बनाइएका थिए ।

विष्णु पौडेल नेकपा हुँदा महासचिव थिए । एमालेको नवौं महाधिवेशनमा ओली समूहबाट निर्वाचित उपमहासचिव हुन् । ओलीले उनलाई उपप्रधानमन्त्री र अर्थमन्त्री बनाएका थिए ।

सुवास नेम्वाङ ओलीका विश्वासिलामध्येका नेता हुन् । उनी पूर्वसभामुख हुन् । ओलीले नेम्वाङलाई संसदीय दलका उपनेता बनाए ।

यसबाहेक ओलीको उत्तराधिकारी बन्न स्थायी कमिटी सदस्य शंकर पोखरेल पनि लागेका छन् । पोखरेल निरन्तर ओली समूहमा छन् । १०औं महाधिवेशनमा ओली नै अध्यक्ष बन्ने र एमालेको विधानले पनि अर्को महाधिवेशनमा ओलीलाई अध्यक्षमा दोहोरिन नदिने भएकाले अब उनले उत्तराधिकारीको टुंगो लगाउने देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्