Logo

काँग्रेसका यी नेता तलै रोकिए



काठमाडौं, ७ मंसिर । नेपाली काँग्रेसमा माथिल्लो पदमा रहेका देखि चर्चितहरु अधिवेशनमा तल नै रोकिएका छन् । केन्द्रीय सदस्य भइसकेकाहरु समेत महाधिवेशन प्रतिनिधि हुन सकेनन् ।

नेविसंघ पूर्वमहामन्त्री सरोज थापा काठमाडौं क्षेत्र नं ७ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । उनी त्रीचन्द्र क्याम्पसका पूर्व स्ववियू सभापति हुन् । थापा केन्द्रीय सदस्यको आकांक्षी थिए ।

काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल र आमन्त्रित केन्द्रीय सदस्य दयाराम पाण्डे पराजित भएका छन् ।

यसअघि सिन्धुपाल्चोकबाट नेविसंघ महामन्त्री बलदेव तिमिल्सिना वडामै पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्