Logo

उडिरहेको जहाजमा पाइलटको ड्यूटी आवर सकिएपछि…..



काठमाडौं, ७ मंसिर । सोमबार दिउँसो तीन बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको ट्विन अटर विमान रुकुमको चौरजहारीका यात्रु बोकेर उड्यो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाज तोकिएको समयमै रुकुमका लागि उड्एको थियो । तर, सो बिमान करिब चार बजे अचानक नेपालगञ्ज विमानस्थलमा अवतरण गर्यो ।

सबै यात्रु अलमलमा परे । केहि समस्या पर्यो भन्ने यात्रुलाग्यो । तर, कारण फरक र अचम्म लाग्दो थियो ।

नेपाल एयरलाइन्सका पाइलट पेम्बा शेर्पाले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरेका थिए ।

पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र त्यो समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले नेपालगञ्जमै अवतरण गरेका थिए ।

विमान नेपालगञ्जनै अवतरण गरिएपछि यात्रुहरुलाई होटलको व्यवस्था गरेर त्यहिँ राखिएको थियो ।

यात्रुलाई मंगलबार विहान रुकुम पुर्याइएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्