Logo

कांग्रेस नेता बानियाँ क्षेत्रिय सचिवमा निर्वाचित



तनहुँ, ७ मंसिर ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रिय सचिवमा कांग्रेस नेता राजु बानियाँ (भुपेन्द्र) सर्वाधिक मतसहित निर्वाचित भएका छन् । नेता बानियाँले प्रतिद्धन्दी चुडामणी दाहाललाई ७४ मतले पछि पार्दै ४ सय ५९ मतसहित निर्वाचित भएका हुन् । त्यस्तै सचिवका उम्मेदार तारानरेश पौडेलले ३ सय ६१ मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर १ को सभापतिमा श्याम मौराती निर्वाचित भएका छन् उनले प्रतिद्धन्द्धी विश्वनाथ बास्तोलालाई ८२ मतले पराजित गर्दै ४ सय ८५ मत ल्याएर निर्वाचित भएका हुन् । बाँस्तोला पौडेल निकटका नेता हुन् तर उनी संस्थापन पक्षबाट मैदानमा उत्रिएका थिए।

क्षेत्र न १ मा ९ सय ३५ जना मतदाताले मतदान गरेका थिए ।  तनहुँमा संस्थापन पक्षका केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई, शंकर भण्डारी, धु्रव वाग्ले, जितप्रकाश आलेको प्यानल चुनावी मैदानमा उत्रिएको थियो । त्यस्तै, अर्को प्यानल वरिष्ठ नेता रामचन्द्र पौडेलको रहेको छ ।

यसैगरी, केन्द्रीय सदस्य प्रदिप पौडेल र बैकुण्ठ न्यौपानेको प्यानलपनि चुनावी मैदानमा उत्रिएको छ । प्रदेश सभा र क्षेत्रीय अधिवेशनमा प्राप्त मतको आधारमा क्षेत्र नम्बर १ मा भने पौडेल पक्ष बलियो देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्