Logo

सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले भने–रावल कमरेडको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु (भिडिओसहित)



काठमाडौं, ७ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू डा. भीम रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताएका छन् । महाधिवेशनको पूर्व सन्ध्यामा आज (मंगलबार) अल्फाबिटामा आयोजित अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘रावल करमेडको मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने सुझाव छ। एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको तलमाथि हुँदैन् । मेरोविरुद्धमा उठ्छु भनेर कसैले भन्छ भने, मैले उठ्ने टुँगो गरें भने मलाई निर्विरोध छोड्न पनि पाईन्छ। चूनौति दिन पनि पाईन्छ। म यसलाई नराम्रो भन्दिन् । लोकतन्त्रमा चूनौति स्वभाविक कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । तपाई नउठ्दिए हुन्थ्यो भन्दिन् ।’

उनले आफूले अरु नेताहरुलाई यो पदमा उम्मेद्धवारी दिनुहोस वा नदिनुहोस भनेर नभन्ने सुनाए । उनले भने,‘दबाब दिने मेरो कुनै मनशाय छैन् । म कसैलाइ पनि अलिकति दबाब महशुस हुनेखालको कुरा गर्दिन् । उठ्ने भए भने अरुलाई नउठ्न भन्दिन् । वरिष्ठ उपाध्यक्ष को हुन्छ भन्नुभयो, मैले मन पराएको व्यक्ति, या त निर्विरोध हुन्छ या सबभन्दा बढि भोट जसले ल्याउँछ, त्यही नै मेरो मनपर्ने वरिष्ठ उपाध्यक्ष र महासचिव हुन्छ। महाधिवेशनको गरिमालाई म अनादर गर्दिन् । महाधिवेशन अगाडि म मन पराएर बस्दिन्, जो छानिन्छ त्यसलाई मन पराउँछु ।’

उनले पार्टीभित्र समझदारी र सहमति र एकता बहुतै महत्वपूर्ण कुरा भएको सुनाए । उनले भने,‘यसलाई प्राथमकितामा राख्नुपर्छ । यसो गर्दा लोकतान्त्रिक अभ्यसालाई अलिकति पनि तलमाथि गर्नुहुँदैन् । नजरअन्दाज गर्नुहुँदैन् । सहमति हुन्छ वा प्रतिष्पर्धीबीच सहमति हुन्छ भने राम्रो कुरा हो। अध्यक्ष हिसाबले पनि स्वागत गर्छु।’ तस्विरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्