Logo

शेयर बजारमा आज भारी अंकको गिरावट



काठमाडौं, ७ मंसिर । शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । नेप्से मंगलबार ३२ दशमलव २९ अंकले घटेर २७ सय ३३ दशमलव ४४ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ३ दशमलव ९८ अंकले घटेर ५१५ दशमलव ४८ विन्दुमा थामिएको छ ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ५३ हजार ७६७ पटक कारोबार भएर ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ रुपैयाँ बराबरको ७४ लाख ४८ हजार ३ सय ६६ कित्ता शेयर खरिद विक्रि भएको हो । आज अन्य समुहको बाहेक सबै समुहका नेप्से सुचक घटेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्