Logo

आँगनबाट चितुवाले छोरीलाई लगेपछि एक्लै लडेर बचाए यी बाबुले



एजेन्सी, ७ मंसिर । नाम सुन्दा पनि डर लाग्ने जनावर हो–चितुवा । आफ्नो छोरीलाई चितुवाले आक्रमण गर्दै गर्दा एक बुवाले चितुवासँग लडेका छन् ।  घटना हो भारतको हिमाचलको ।

सोलन जिल्लामा घरनजिकै छोरीलाई चितुवाले लादै गर्दा बुवाले देखे र चितुवासँग लड्ने सोच बनाएर एक्लै भिडे । घरबाट करिब २ सय मिटरको दुरीमा पछि लाग्दै गएर ती बाबुले चितुवालाई रोक्न सफल भए । उनले डन्डी र ढुंगाले हानेर चितुवालाई भगाएर छोरीलाई मृत्युको मुखबाट बचाए ।

बाबु र छोरीले ठुलो स्वरले चिच्चाउदै ढुंगाले हानेपछि चितुवा छाडेर भागेको थियो । सुजी गाउँमा २५ वर्षकी युवतीलाई चितुवाले घरको नजिकबाट उठाएर लगेको थियो । घरबाट २ सय मिटर टाढा दुरीबाट युवतीलाई बाबुले ढुंगा र डन्डीले हानेर चितुवाबाट छुटाएको थियो ।

साँझ करिब सात बजे पुजा घरबाहिर शौचालय गएकी थिइन् । सोही समय चितुवा आक्रमणका लागि घरको आँगनमा बसेको थियो । मौका मिल्ने बित्तिकै डरलाग्दो जनावरले बालिकालाई आँगनबाट लग्यो । छोरीले चिच्याएपछि आवाज निकालेपछि युवतीका बुवा खेमराज बाहिर आएर चितुवालाई लखेट्न थाले । खेमराजले चितुवालाई ढुंगा र लाठी प्रहार गरेका थिए । ज्यान दाउमा लगाएर बाबुले छोरीलाई निकै मुस्किलले बचाए । यदि खेमराज समयमै बाहिर नआएको भए चितुवाले बालिकालाई आफ्नो शिकार बनाइदिने थियो ।

आश्चर्यको कुरा यो घटनाको करिब आधा घण्टापछि चितुवा फेरि खेमराजको आँगनमा पुग्यो । सो क्रममा गाउँलेहरुले निकै मुस्किलले चितुवालाई ढुङ्गा र लाठी प्रहार गरी भगाएका थिए । केही दिनदेखि गडखाल, कसौली र लिस्ट गाउँमा भाले र पोथी चितुवा बालबालिकासहित घुमफिर गर्ने गरेको बताइएको छ । गाउँलेहरूले चितुवाको सम्पूर्ण परिवारलाई क्षेत्रमा देखेका छन्। यसपछि अहिले सम्पूर्ण क्षेत्र आतंकित बनेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्