Logo

करण जोहरसँग पोज दिइरहेका रणवीर र आलियाको तस्विर भाइरल



एजेन्सी, ७ मंसिर । बलिउड कलाकारहरु रणवीर सिंह र आलिया भट्ट यतिबेला आफ्नो आगामी फिल्म रकी र रानीको प्रेमकथालाई लिएर चर्चामा छन् । यसैबीच, फिल्मको सेटका केही तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

फिल्ममा रणवीर सिंह रकीको भुमिकामा देखिनेछन् भने आलिया रानीको भुमिकामा देखिनेछन् । यसैबीच, फिल्मको सेटका केही तस्विरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । आलिया र रणवीरका यी तस्विरहरू रणवीर सिंहको फ्यान पेजले आफ्नो ट्वीटर अकाउन्टमा सेयर गरेको हो । ट्वीटरमा तस्विरहरु शेयर गर्दै फ्यानले यी तस्विरहरु रकी र रानीको प्रेमकथाको भएको दाबी गरेका छन् ।

तस्विरमा आलिया भट्टले फिल्म निर्देशक करण जोहर र अभिनेता रणवीरसँग पारम्परिक लुक पछ्याउँदै कलर फुल साडी लगाएको देख्न सकिन्छ। तस्विरमा रणवीर सिंहले जिन्स लगाएका छन् र उनले सल पनि लगाएका छन् । यो तस्बिरमा सबैजना निकै खुसी देखिन्छन् ।



प्रतिक्रिया दिनुहोस्