Logo

आधा विश्वको यात्रा गर्ने यो ह्वेल



एजेन्सी, ७ मंसिर । यो ह्वेल सन् २०१३ मा नामिबियाको समुन्द्रमा भेटिएको थियो । पछि दक्षिणी ध्रुवमा भेटियो । यो ग्रे ह्वेलले उत्तरी प्रशान्त क्षेत्रबाट नामिबियासम्मको यात्रा गरेको तथ्य पत्ता लागेको छ ।

यो ह्वेलले आधा विश्वको चक्कर लगाएको छ । जुन विश्व किर्तिमान हो । १६ हजार ७ सय माइलको यात्रा गरेको ह्वेलबारे बायोलोजिकल लेटर्सले अध्ययन प्रकाशित गरेको छ ।

यस्तो हवेल दुई प्रजातिका छन् । पूर्वी ग्रे ह्वेलको संख्या साँढे २० हजार छ । पश्चिमी ह्वेलको संख्या २ सय छ ।

विश्वको आधा चक्कर लगाउने ग्रे ह्वेल ४० फिटको छ ।-Photo Credit: Nature Picture Library



प्रतिक्रिया दिनुहोस्