Logo

बारले असंवैधानिक मार्गबाट प्रधान्यायाधीशको बहिर्गमनको माग राखेको संयोजक अर्यालको दाबी, वार्ताबाट समाधान खोज्न सुझाव



काठमाडौं, ७ मंसिर । कानून व्यवसायी हकहित संरक्षण तथा सुद्धिकरण अभियानले नेपाल बार एशोसिएशनको आन्दोलनको औचित्य र उद्देश्यप्रति प्रश्न उठाएको छ । बारले असंवैधानिक मार्गबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमन समेतका माग राखि गरिरहेको आन्दोलनका कार्यक्रमप्रति आफूहरुको असहमति रहेको पनि अभियानको भनाई छ ।

आज (मंगलबार) अभियानका संयोजक शिव अर्यालले एक विज्ञप्ती जारी गर्दै यस्तो निश्कर्ष सुनाएका हुन् । उनीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, बारेको आन्दोलनप्रति हाम्रो असहमति रहेकोले आन्दोलनको भद्र अवज्ञा गर्दै ९ सूत्रीय माग राखि गत २०७८ कार्तिक १५ गते नेपाल बारसमक्ष तथा ३ सूत्रीय माग राखी २०७८ कार्तिक २३ गते प्रधानन्यायाधीशसमक्ष ज्ञापनपत्र बmुभाईएको थियो । कुनैपनि विवादको स्थायी समाधान वार्ता तथा सम्वादबाट नै हुन्छ भन्ने हाम्रो अटल विश्वास सहँदै आएको छ।

आन्दोलनरत पक्षलाई सम्वादको माध्यमबाट समस्या समाधान गर्न सकिन्छ भन्ने आफूहरुको सुझाव रहि रहने पनि अर्यालले उल्लेख गरेका छन् । अभियानद्धारा उठाईएका माग र वर्तमान परिस्थितिका बारेमा छलफल गर्न नेपाल बार सहमत भई आज दिउँसो १ बजे वार्तामा बोलाएको पनि अर्यालले उल्लेख गरेका छन् ।

आफूहरुको मागप्रति बार सकारात्मक भई वर्तमान जटिल परिस्थितिबाट निकास निकाल्न न्यायाधिीश, कानून व्यवसायी, सेवाग्राहीलगायत सबैसँग सर्वपक्षीय वार्ता अगाडि बढाई समस्याको समाधान गर्नेमा आफूहरु आशावादी रहेको पनि उनले सुनाए ।



प्रतिक्रिया दिनुहोस्