Logo

एमाले महाधिवेशनले भरिभराउ सौराहाका होटल, ५ करोड बढीको कारोबार हुने अनुमान



काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिस्ट पार्टी एमालेको आसन्न दशौं महाधिवेशनको तयारी तीव्र पारिएको छ । महाधिवेशनको उद्घाटनस्थल नारायणगढको नारायणी किनारदेखि बन्दसत्र हुने पर्यटकीयस्थल सौराहमा महाधिवेशन लक्षित तयारी भइरहेको छ ।

नारायणी नदी किनारमा मञ्च निर्माणको काम आधा जति सकिएको छ भने नारायणी नदीपारि पार्टीका नारा र महाधिवेशनको प्रचार सामग्रीका ठूल्ठूला बोर्ड राखेर आकर्षक बनाउने काम भइरहेको छ ।

महाधिवेशनको प्रचारका लागि चितवनमा युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा विशाल मोटरसाइकल ¥यालीको आयोजना गरिएको थियो । मोटरसाइकल(यालीले बजार परिक्रममा गरेको थियो । महाधिवेशन आयोजनास्थल चितवनमा जस्तै मंगलबार देशैभर प्रचारका लागि -याली आयोजना गरिएको एमालेले जनाएको छ ।

महाधिवेशन बन्दसत्रको कार्यक्रम चितवनको सौराहामा हुने भएपछि यति बेला सौराहा भरिभराउ भएको हो । नेकपा एमालेले महाधिवेशनमा आउने प्रतिनिधि तथा पाहुनाका लागि ३ हजार ५ सय बेड आयोजकले बुक गरिसकेको क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले बर्ताए ।

आफ्ना प्रतिनिधिको व्यवस्थापनको क्रममा १ करोड ६० लाख रुपैयाँभन्दा बढी कोठा खर्च मात्र एमालेले सौराहामा बुझाउँदै छ ।

महाधिवेशनको अवधि १० देखि १२ गतेसम्म हुँदै छ । तर, अहिलेदेखि नै होटलहरु भरिभराउ भएका छन् । यो अवधिमा ५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने सौराहाका व्यवसायीको अनुमान छ । सौराहमा ६ हजारभन्दा बढी बेड क्षमता छ तर एमालेका समर्थक, कार्यकर्ता र सञ्चारकर्मीले सबै कोठा बुक गरिसकेका छन् ।बन्दसत्र सञ्चालन हुने सौराहामा २ हजार जना क्षमताको डोम (अस्थायी हल) निर्माण शुरु भएको छ ।

महाधिवेशनको बन्द सत्र हुने स्थान सौराहाको होटल सेभेन स्टारसँगै जोडिएको दुई बिघा खाली जमिनमा डोम निर्माणको काम शुरु गरिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए । महाधिवेशनका सहभागी हुने २ हजार जना प्रतिनिधि सहजरूपमा अट्ने गरी १३ हजार वर्ग फिटको डम र १ हजार २ सय वर्ग फिटको मञ्च निर्माणको काम भइरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्