Logo

मुर्कुटीमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा सुरु



काठमाडौं, ८ मसिर। सिटिजन्स बैंकले शाखारहित बैंकिङ सेवा दाङको मुर्कुटीमा संचालनमा ल्याएको छ। बैंकले दाङ जिल्लाको बंगलाचुली गाउँपालिका, मुर्कुटीमा मंसिर ३ गतेबाट नै आफ्नो ८६ओैं शाखारहित बैंकिङ सेवा सुरूवात गरेको हो।

उक्त शाखारहित बैंकिङ सेवाका लागि बैंकले स्थानीय व्यवसायी होतिदेवी वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकले जनाएको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखेको छ ।

हालसम्म बैंकले १७४ वटा शाखा, १२३ वटा एटिएम र ११३ वटा शाखारहित बैंकिङ इकाईहरुबाट सेवा दिँदै आएको छ।



प्रतिक्रिया दिनुहोस्