Logo

जनउत्थान सामुदायिक लघुवित्तले गर्यो बाढी प्रभावितलाई सहयोग



काठमाडौं, ८ मंसिर । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले राहात वितरण गरेको छ । वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समुह सदस्यहरुलाई सहयोग गरेको हो ।

संस्थाले कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवा र विचवामा आवद्ध करीव ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आवद्ध करीव ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा अवस्थित शाखा कार्यालय शान्ति बजारमा आवद्ध ४८ जना गरी १२४८ जना समुह सदस्यहरुलाई करीव २५ लाख बराबरको चामल २५ किलो, दाल २ किलो, तेलर नुन सहित वितरण गरेको जनाएको छ ।

तिन वटा फरक फरक स्थानमा भएको औपचारिक कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने शाखा कार्यालय रैकवा र विचवामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका प्रमुख सुवास चन्द्र घिमिरे, शाखा कार्यालय लालझाडीमा भएको कार्यक्रममा लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक र शाखा कार्यालय शान्ति बजारमा भएको कार्यक्रममा बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको प्रमुख आतिथ्यता र जनप्रतिनिधि, पत्रकार, स्थानीयको उपस्थिती रहेको थियो ।

संस्थाको अनुसार राहत वितरण कार्यक्रममा बोल्दै वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माले सामाजिक भावका साथ बेमौसमी वर्षाका कारण क्षति व्यहोर्नु परेका संस्थामा आवद्ध समुह सदस्यहरुलाई स्थानीय निकायसँगको समन्वयमा थोरै भएपनि राहत प्रदान गर्ने उदेश्यले समुह सदस्य माझ राहत वितरण गरेको हो ।

वित्तीय संस्थाले पर्सा देखि कञ्चनपुरसम्मका १९ वटा जिल्लाहरुमा ३९ वटा शाखा कार्यालय विस्तार गरि करिव ४७ हजारन्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका र पारीएका समुदायमावित्तीय सेवा पु¥याई आएको र समुदायमा रहेको शिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्