Logo

मेरो माइक्रोफाइनान्सको साधारण सभा मंसिर २४ गते, आजसम्म लाभांश सुरक्षित गर्न पाइने



काठमाडौं, ८ मंसिर । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले मंसिर २४ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको सभा होटल वाटर टावर, बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११ः३० बजे गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने जनाईएको छ ।

यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने भएको छ ।

संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । भोलि बुक क्लोजका लागि मिति तय गर्ने भएकोले आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन पाउने भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्