Logo

युनाइटेड नकआउट चरणमा प्रवेश



काठमाडौं, मङ्सिर ८ । इङ्लिस प्रिमियर लिग अन्र्तगत गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा युनाइटेडले स्पेनिस क्लब भिल्लारियललाई २–० गोलले हरायो ।

युनाइटेडलाई अन्तिम १६ पुर्याउन क्रिस्टियानो रोनाल्डो र जाडोन सान्चोले एक एक गोल गरेका छन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बरबरीमा सकिएको थियो । रोनाल्डोले ७८औँ मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनको यो ब्यवािसयक खेल जीवनको सात सय ९९ गोल हो ।

त्यसपछि सान्चोले ९०औँ मिनेटमा गोलगर्दै युनाइटेडलाई सजिलै जिताए । जितसँगै युनाइटेड समूह ‘एफ’ को शीर्षस्थानमा छ । युनाइटेडले पाँच खेलबाट १० अंक बनाएको छ । सात अंक बनाएको भिल्लारियल दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्