Logo

गरिमा विकास बैंक १५औँ वर्षमा प्रवेश, “बृहत रक्तदान“ कार्यक्रम सम्पन्न, ११ सय प्वाइन्ट रगत संकलन



काठमाडौँ, ८ मंसिर । गरिमा विकास बैंक आजदेखि १५औं बसन्तमा प्रवेश गरेको छ । १५औं बार्षिकोत्सबको अवसरमा बैंकले आफ्ना २१ शाखा कार्यालयहरुमा आयोजित “बृहत रक्तदान“ कार्यक्रम गरेको हो । ओम् हस्पिटल एण्ड रिसर्च सेन्टर सँग सहकार्य गरेर बैंकले ११ सय ५५ प्वाइन्ट रगत संकलन पनि गरेको छ ।

बैंकले आफ्नो वार्षिकोत्सवका अवसरमा प्रत्येक वर्ष विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
रक्तदान कार्यक्रमलाई गरिमा विकास बैंकले हरेक बार्षिकोत्सवमा महत्वका साथ निरन्तरता दिदै आएको बैंकले जनाएको छ । यसै अवसरमा मंसिर ७ गते बैंकको केन्द्रिय कार्यालय लाजिम्पाट, कुमारीपाटी, सभागृह, बेनी, वालिङ्ग, वुटवल, सुनुवाल, नारायणगढ, कावासोती, विरगंज लगायतका २१ शाखा कार्यालयहरुमा पनि वृहत रक्तदान कार्यक्रम गरेको हो ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले नेपालको विभिन्न सहरी तथा ग्रामीण जिल्लाहरुमा ११५ शाखा कार्यालय १ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सरल, सुरक्षित एवम् गुणस्तरीय बैकिङ कारोबार गर्दै रु. ६७.१६ अर्ब निक्षेप संकलन र रु. ६१.२१ अर्ब कर्जा लगानी गरेको छ । करिब ६ लाख निक्षेप एवम् कर्जा खाताहरु मार्फत ग्राहक माझ सेवा संचालन गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्