Logo

घरेलु मैदानमै अंक बाड्न बाध्य भयो बार्सिलोना



काठमाडौं, ८ मंसिर । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोना बराबरीमा रोकिएको छ ।

मंगलबार राति भएको खेलमा बार्सिलोना पोर्चुगिज क्लब बेन्फिकासँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा बेन्फिका बार्सिलोनालाई बराबरीमा रोक्न सफल भएको हो ।

यस बराबरीसँगै बार्सिलोना नकआउट चरणमा पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।

बार्सिलोना ५ खेलमा ७ अंक जोड्दै समूह ‘ई’ को दोस्रो स्थानमा रहेको छ ।

यस्तै, बेन्फिका ५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्