Logo

राखेप पूर्वउपाध्यक्ष टेण्डी शेर्पाको निधन



काठमाडौं, मंसिर ८ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ। नेपाल बास्केटबल संघका पूर्वअध्यक्षसमेत रहेका शेर्पाको ५१ वर्षको उमेरमा आज विहान निधन भएको हो । उनी मोटर न्युरोन डिजिजबाट ग्रसित रहदै आएका थिए ।

अमृत साइन्स क्याम्पसका पूर्वसभापतिसमेत रहेका शेर्पा नेपाल ओलम्पिक कमिटी र नेपाल खेलकुद महासंघका पूर्वमहासचिव पनि हुन् ।

 



प्रतिक्रिया दिनुहोस्