Logo

च्याम्पियन्स लिग फुटबलः चेल्सीको फराकिलो जित



काठमाडौं, ८ मंसिर । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले फराकिलो जित निकालेको छ ।

मंगलबार राति भएको खेलमा चेल्सीले युभेन्ट्समाथि ४–० गोलको फराकिलो जित निकालेको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा ट्रिभोअ चालोवाहले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा रिस जेम्सले गोल गर्दा चेल्सीले अग्रता दोब्बर बनायो । लगत्तै ५८ औं मिनेटमा कलुम हड्सन ओडोइले गोल गर्दा चेल्सीको अग्रता तेब्बर बनेको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा टिमो वेर्नरले गोल गर्दै चेल्सीलाई ४–० को जित दिलाए।

यस जितसँगै चेल्सी ५ खेलमा १२ अंक जोड्दै समूह ‘एच’ को शीर्ष स्थानमा उक्लिएको छ ।

१२ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्