Logo

२ महिना अघि अमेरिका पुगेकी प्रसाईको गाडीको ठक्करबाट मृत्यु



काठमाडौं, ८ मंसिर । अमेरिकामा एक नेपाली महिलाको गाडीको ठक्करबाट मृत्यु भएको छ । मेरिल्यान्डको प्रिन्स जर्ज काउन्टीमा गाडीको ठक्करबाट ४० वर्षीया बर्खा खड्का प्रसाईको सोमबार मृत्यु भएको हो ।

प्रसाईलाई उपचारको लागि नजिकैको अस्पताल पुर्याइएपनि अस्पतालले मृत घोषणा गरेको थियो । प्रसाईलाई आफन्तको घरबाट फर्कने क्रममा बाटो क्रस गर्दा गाडीले ठक्कर दिएको थियो ।

झापा बुद्धशान्ति गाउँपालिका स्थायी घर भएकी खड्का मेरिल्याण्डमा बस्दै आएकी थिइन् । उनी २ महिना अघि मात्र इन्टरनेशल अर्गनाइजेशन फर माइग्रेन आईओएममा काम गर्नका लागि नेपालबाट अमेरिका पुगेकी थिइन् । भोली उनको शव नेपाल ल्याउने बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्