Logo

विश्वकप छनोटमा नेपालको पहिलो जित



काठमाडौं, ८ मंसिर । आईसीसी महिला टी–२० विश्वकप अन्तरगत एसिया छनोटमा नेपाली महिला क्रिकेट टोलीले पहिलो जित हात पारेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा मंगलबार भएको खेलमा भुटानलाई ८ विकेटले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो ।

भुटानले दिएको ६२ रनको लक्ष्य नेपालले ८ ओभर ३ बलमा २ विकेटको नोक्सानीमा पुरा गर्यो।

नेपालको जितमा इन्दु बर्माले अविजित रहदै सर्वाधिक १८ रन जोडिन ।

सिता राना मगरले १७ रन जोडिन भने कप्तान रुबिना क्षेत्रीले १० रन जोडिनमात्र जोड्न सकिन् । यस्तै, कविता जोशी ८ रनमा अविजित रहिन् ।

भुटानकी टासी छेकीले एक विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको भुटानले २० ओभरमा ६ विकेट गुमाएर ६१ रन बनाएको थियो ।

भुटानका लागि नगावाङ छोदेनले १३ र सोनाम पाल्डोनले ११ जोडिन् ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ३ विकेट हात निकालिन भने करुणा भण्डारीले एक विकेट लिइन् ।

यस जितसँगै नेपालले २ खेलमा २ अंक जोडेको छ ।
भुटानले पनि २ खेलमा २ अंक जोडेको छ ।

छनोटमा ६ टिम सहभागी छन् । छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।



प्रतिक्रिया दिनुहोस्