Logo

प्रहरीबाट जोगिन आफैले गरे आफ्नो मृत्युदर्ता



इटहरी, ८ मंसिर । सुनुसरीमा एक युवाले आफ्नो मृत्यु दर्ता आफै गराएका छन् । प्रहरीलाई छल्न र पक्राउबाट जोगिन अजित मियाँले मृत्यु दर्ता गराएका हुन् । इनरुवा–७ रसुल मियाँको छोरा अजितले डकैती मुद्दाबाट जोगिन मृत्यु दर्ता गरेको प्रहरीको भनाई छ ।

२०६८ सालमा एकजनाको घरमा अजितसहित ३ जनाले डकैती गर्न गएका थिए । ३ जनामध्ये २ जनालाई प्रहरीले पक्राउ गरेपनि अजितले भने छल्दै आएको प्रहरीले जनाएको छ ।

उनले २०७४ मा उनले आफै मृत्यु दर्ता गरेका थिए । ७५ सालमा ३ जनालाई ६ वर्ष कैद तथा ९९ हजार रुपैयाँको जरिवाना तोकेको थियो । पक्राउ परेका २ जनाले अजित त्यही व्यक्ति हो भनेर सनाखत गरेपछि बल्ल प्रहरीले उनलाई पक्राउ गरेको हो ।



प्रतिक्रिया दिनुहोस्