Logo

भीम रावलले बार्गेनिङ गर्नको लागि अध्यक्षमा उम्मेद्धवारी दिएको रमेश पौडेलको आरोप (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का युवा नेता रमेश पौडेलले भीम रावलले बार्गेनिङ गर्नको लागि अध्यक्षमा उम्मेद्धवारी घोषणा गरेको आरोप लगाएका छन् । उनले भने,‘उहाँले बार्गेनिङ टुल्स र चिप्सको रुपमा अध्यक्षमा उम्मेद्धवारी दिएको जस्तो मलाई लाग्छ, तर त्यसरी बार्गेनिङ गर्नुभन्दापनि जनतालाई समृद्धि दिनको लागि केपी ओलीलाई नै सर्वसम्मत् अध्यक्ष बनाउँदा नै राम्रो हुन्छ । उहाँलाई सर्वसम्मत् अध्यक्ष बनाउँदाखेरि संकल्प पूरा हुन्छ। केपी ओलीको विकल्प केपी ओली नै हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीका क्रममा अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले पार्टीको १०औं महाधिवेशनमा पदाधिकारीमा पनि महिलाले उम्मेद्धवारी दिने बताईन् ।

तर, यसपटक अध्यक्षमा भने महिला नआउने उनको भनाई थियो । उनले भनिन्,‘यो १०औं महाधिवेशनमा अध्यक्षमा महिला उम्मेद्धवार बन्नुहुन्न । तर आउने दिनमा बन्नुहुन्छ ।’ महिलालाई नेतृत्व दिनुपर्छ भनेर जिम्मेवारी दिने पार्टी नै एमाले भएको उनले स्मरण गराईन् ।



प्रतिक्रिया दिनुहोस्