Logo

एमाले नेताहरु चितवन पुग्ने क्रम जारी, अध्यक्ष ओली भोलिमात्रै पुग्ने



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रभावशाली नेताहरु पार्टीको १०औं महाधिवेशनको लागि चितवन पुग्ने क्रम जारी छ । हाम्रा सहकर्मीका अनुसार अहिलेसम्म प्रायः सबै प्रभावशाली नेताहरु चितवन पुगिसकेका छन् । तर, अध्यक्ष केपी शर्मा ओली भने भोलिमात्रै चितवन जाने भएका छन् ।

आजा महाधिवेशन मूल आयोजक समितिका संयोजक राम बहादुर थापा बादल, सह–संयोजक सुरेन्द्र पाण्डे, प्रचार विभाग प्रमुख योगेश भट्टराई, प्रचार विभाग उपप्रमुख सूर्य थापा, बागमती प्रदेश अध्यक्ष आनन्द पोख्रेल पुग्दैछन् ।

१० गते नारायणी नदी किनारमा १० औं महाधिवेशनको उद्घाटन सत्र सुरु हुने छ । त्यसकोलागि मञ्च व्यवस्थापनलगायतका सबै काम भैसकेका छन् । अध्यक्ष ओली भोलिमात्रै चितवन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

एमालेले महाधिवेशनअघिको अन्तिम केन्द्रीय कमिटी बेठक पनि चितवनमै गर्न लागेको छ। महाधिवेशनको बन्दसत्र भने सौराहमा गर्ने नेता योगेश भट्टराईले यसअघि नै रिपोर्टर्स क्लबमार्फत जानकारी दिईसकेका छन् ।file photo

 



प्रतिक्रिया दिनुहोस्