Logo

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ८ मंसिर । नेपाली बजारमा आज पनि सुनको मुल्य घटेको छ । आज सुन प्रतितोला ५ सयले घटेको हो । मंगलबार सुन तोलामा १६ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मुल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यसैगरी, आज चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय २५ रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्