Logo

महाधिवेशन बन्दसत्रको लागि एमालेले गठन गर्यो दुई संयन्त्र (को-को छन् ?)



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले पार्टीको १०औं महाधिवेशनको बन्दसत्रका लागि अध्यक्ष मण्डल र माईन्युट कमिटी गठन गरेको छ । पार्टीका युवा नेता सूर्य थापाले जनाएअनुसार बन्दसत्रकोअध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटासहित ११ सदस्य रहेका छन् ।

त्यस्तै, माइन्युट कमिटीमा पृथ्वीसुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोजजंग थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साहसहित ७ सदस्य रहेका छन् । नेताहरुले हिजोको बैठकमा स्थायी कमिटी बैठकपछिको सम्झनाको लागि सामूहिक फोटो समेत खिचाएका थिए ।



प्रतिक्रिया दिनुहोस्