Logo

कञ्चनपुर कांग्रेसका जिल्ला सभापति नै पराजित



काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सभापति हरि बोहरा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

बोहरा खुल्ला तर्फ उम्मेदवार थिए । उनले २ सय ४४ मत ल्याएका थिए । निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ जना उम्मेदवारबीच भएको प्रतिस्पर्धा भएकोमा १० जना निर्वाचित भएका छन् ।

बहादुरसिंह थापा, चिन्तामणी भट्ट, पुस्काराराज ओझा, हेमराज ओझा लगायत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्



प्रतिक्रिया दिनुहोस्