Logo

नेता न्यायाधीशहरु भनेजस्तो मुद्दा नपाउने भएपछि गोलाप्रथा लागु नगर्न षड्न्यत्रको तानाबाना बुन्दै



काठमाडौं, ८ मंसिर । गोलाप्रथा लागु हुन लागेपछि सर्वोच्च अदालतका नेता न्यायाधीशहरु नै अहिले गोलाप्रथा लागु नगर्नेगरि अघि बढेको पाईएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गोलाप्रथा लागु गर्नको लागि फूलकोर्ट बैठक बोलाउने तयारी गरेका थिए ।

तर, नेता न्यायाधीशहरुले भने प्रधानन्यायाधीश जबराले बोलाएको फूलकोर्ट बैठक बहिष्कार गर्ने तयारी गरेका छन् । गोलाप्रथा लागु भयो भने सेटिङ गर्न नपाउने भएपछि नेता न्यायाधीशहरुले फूलकोर्ट बैठक बहिष्कार गर्ने र यसको लागि उनीहरुको छुट्टै बैठक बस्न लागेको बुझिएको छ। यसअघि न्यायाधीश हरिकृष्ण कार्कीले नै न्यायापालिका सुधारको लागि भन्दै एउटा प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त प्रतिवेदन लागु गर्नको लागि प्रधानन्यायाधीश जबराले सुरुदेखि नै पहल गरेका थिए । तर, नेता न्यायाधीशहरुले भने उक्त प्रतिवेदन देखाउने तर लागु गर्ने सवालमा भने कुनै गम्भीरता नदेखाएको अहिले सर्वोच्च अदालतभित्र चर्चा सुरु भएको छ।

नेता न्यायाधीशहरुले नै उक्त प्रतिवेदन खासगरी गोलाप्रथा लागु गर्न ईच्छा देखाएका छैनन् । यस्तो अवस्थामा प्रधान्यायाधीश जबराले मात्रै कसरी यो प्रतिवेदन लागु गर्न सक्छन् ? भनेर अदालतभित्र चर्चा तथा छलफलपनि सुरु भएको छ । प्रतिवेदन लागु गर्नको लागि नै प्रधान्यायाधीशले बेला बेलामा पूर्ण बैठक बोलाउँदै आएका छन् । तर, पूर्ण बैठक बोलाउन खोज्दा नेता न्यायाधीशहरुले भने गोला प्रथा लागु नहोस भनेर विभिन्न बहानाबाजी गर्दै आएका छन्।

उनीहरुले केही समय पर्खिन भन्दै बहानाबाजी गर्ने गरेका छन् । प्रतिवेदन ल्याउने नेतृत्वकर्ता न्यायाधीश कार्कीले नै तत्काल सर्वोच्च अदालतमा नभएर उच्च अदालतमा मात्रै लागु गर्न भनिरहेका छन् । नेता न्यायाधीशहरुले आफूले भनेजस्तो मुद्दा नपाउने र बरिष्ठ अधिवक्ताहरुको साथमा सेटिङ गर्न नपाउने हुँदा अहिले गोलाप्रथा सर्वोच्च अदालतमा लागु नगर्ने नाटक गरिरहेको पनि कतिपयको आरोप छ । file photo

 



प्रतिक्रिया दिनुहोस्