Logo

मिशन असफल भएपछि एनजिओ/आईएनजिओ गुहार्दे नेपाल बार, भोलिको मार्चपास उग्र बनाउने तयारी



काठमाडौं, ८ मंसिर । नेपाल बारको आन्दोलन असफल भएपछि अहिले बारले नेपालमा रहेका विभिन्न आईएनजिओ तथा आईएनजिओ गुहार्न थालेका छन् । बारले षड्यन्त्र गरेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन खोजेको थियो ।

तर, बारको आन्दोलन र यसका अगुवाहरुको उद्देश्य नै गलत रहेको थाहा पाएपछि आन्दोलनमा सरिक हुँदै आएका कानून व्यवसायीहरुले साथ छोडेपछि अहिले बारले विभिन्न आईएनजिओ र आईएनजिओको साथ खोजिरहेको छ ।

हालै संवैधानिक कानून व्यवसायी परिषदको आयोजनामा ‘न्यायिक सुधारका रणनीतिहरु’ नामक कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा बारको तर्फबाट उपाध्यक्ष रक्षा बस्याल सहभागी थिईन् । आन्दोलनमा चर्को रुपमा बोल्न अधिवक्ता डा. दिनेश त्रिपाठीलगायतको सहभागिता थियो ।

बारले अहिले सर्वोच्च अदालत परिसरबाट बालुवाटारसम्म मार्चपास गर्ने घोषणा गरेको छ । यसको पछाडि आन्दोलनलाई थप उत्तेजक बनाउने उनीहरुको षड्यन्त्र रहेको कतिपय अधिवक्ताहरुको बुझाई छ । बारको आन्दोलनको संवैधानिक हैसियत नै नभएको कानून व्यवसायीहरुको टिप्पणी छ ।

तर, बारलाई पूर्व अध्यक्षहरु शम्भु थापा, रमनकुमार श्रेष्ठ, बरिष्ठ अधिवक्ता हरिहर दाहाल, बरिष्ठ अधिवक्ता बद्रीबहादुार कार्कीलगायतले प्रयोग गरिरहेका छन् । उनीहरुले प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरालाई निशाना बनाएर यो आन्दोलन मच्चाएको कतिपयको बुझाई छ ।

प्रधानन्यायाधीश जबराले अदालतमा विचौलियाहरुलाई निषेध गरेको र कोहीपनि बरिष्ठ अधिवक्ताहरुको प्रभाव पर्न नदिएको र जनताको पक्षमा न्याय सम्पादन गरेपछि नाईके वकिलहरुले अहिले न्यायालयलाई नै समाप्त गर्नेगरि यो आन्दोलन सुरु गरेको पनि आरोप लगाउने गरेका छन् ।

अहिले बारको आन्दोलनमा दिनप्रतिदिन कानून व्यवसायीहरुको उपस्थित् पातलो भएपछि अगुवा नेताहरु चिन्तित छन् । उनीहरु आन्दोलनलाई उग्र बनाउनको लागि मार्चपासको तयारीमा जुटेका छन् । र, आन्दोलनलाई उग्र रुप दिन र प्रहरीले बल प्रयोग गरेको देखाउन उनीहरुले भोलि बालुवाटार (निषेधित क्षेत्र) मा मार्चपास गर्न खोजेको पनि अर्को आरोप छ ।

 



प्रतिक्रिया दिनुहोस्