Logo

पुस्तक लेखेर बस्ने प्रचण्डको चाहना



काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस्तक लेख्ने चाहना खुलाएका छन् । उनले नेतृत्व हस्तान्तरण गरेपछि अनुभवबारे पुस्तक लेख्ने बताएका छन् ।

‘म नेतृत्व हस्तान्तरण गर्न तयार छु, तर बेला भएको छैन,’ प्रचण्डले मङ्गलबार पार्टी निकट शिक्षकको सम्मेलनमा भने,‘कहिलेकाही मेरो अनुभवबारे किताब लेखेर बसौं जस्तो लाग्छ ।’

प्रचण्डले माओवादीमा लाखौं लाख नेतृत्व गर्ने क्षमताका नेताहरु तयार भएको पनि बताए । उनले उचित समयमा नेतृत्व हस्तान्तरण गर्ने समेत बताए ।

माओवादीभित्र प्रचण्डलाई चुनौती दिने नेताको उदय भइसकेको छैन । उनले चाहेसम्म नेतृत्वमा रहने अवस्था छ ।



प्रतिक्रिया दिनुहोस्