Logo

प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग ल्याउन पूर्वप्रधानमन्त्री भट्टराईको जोड



काठमाडौं, ८ मंसिर । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग ल्याउनुपर्नेमा जोड दिएका छन् । उनले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका छन् ।

आज ट्वीट गर्दै जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष समेत रहेका भट्टराईल न्यायपालिकाभित्र फोहोर छोपेर राख्न नसकिने भएकाले प्रधानन्यायाधीशले त्याग देखाउनुपर्ने या संसद अघि सर्नुपर्नेबाहेकको विकल्प नभएको बताएका हुन् । उनले सिधै नलेखेपनि घुमाउरो तरिकाले प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने या संसदले महाभियोग लगाउनुपर्ने आशयसाथ लेखेका हुन् ।

बाबुरामले लेखेका छन्ः न्यायपालिकाभित्रको फोहर अब छोपेर राख्नै नसकिने भयो।जिम्मेवार दल,नागरिकले डुंगडुगी गन्हाइसकेको तथ्यलाई कुनै वहानामा लुकाउन मिल्दैन।अब कि देवासुर संग्राममा शिवजीले कालकूट बिष पिएर निलकण्ठ बने झैं न्यायालय प्रमुखले त्याग देखाउनुपर्यो कि व्यवस्थापिका अघि सर्नुपर्यो! अर्को विकल्प छैन!



प्रतिक्रिया दिनुहोस्