Logo

एमाले महाधिवेशनः ६ वटा एम्बुलेन्ससहित २ सय ५० स्वास्थ्यकर्मी खटाइने



काठमाडौं, ८ मंसिर । नेकपा एमाले मंसिर १० गतेदेखि हुन लागेको दशौ महाधिवेशनमा २ सय ५० जना स्वास्थ्यकर्मी खटाइने भएको छ । चितवनमा हुन लागेको महाधिवेशनमा नेपाल रेडक्रस सोसाइटीका तालिम प्राप्त स्वयंसेवकहरु सहित ६ वटा एम्बुलेन्स पनि परिचालन गरिने स्वास्थ्य समितिले जनाएको छ ।

महाधिवेशन अवधिभर भीआईपी र भीभीआईपीहरुलाई लक्षित गरि ‘क’ र ‘ख’ वर्गका २ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ । समितिको अनुसार अध्यक्ष केपी शर्मा ओली बस्ने सौराहामा ‘क’ वर्गको एम्बुलेन्स स्ट्यान्डबाई राखिने र ४ वटा एम्बुलेन्स बन्दसत्र हुने स्थान नजिकै राखिने छ । बन्दसत्रको क्रममा कोही बिरामी भएमा चितवन मेडिकल कलेजमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको छ ।



प्रतिक्रिया दिनुहोस्