Logo

चितवन पुगेर योगेश भट्टराईले भने–म सचिवमै दोहोरिन्छु



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का सचिव तथा प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराईले आफू १४औं महाधिवेशनमा सचिवमै दोहारिने बताएका छन् । यसअघि कुन पदमा उम्मेद्धवारी दिने भनेर नखुलाएका भट्टराईले आज भने भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सचिवमै दोहोरिने बताएका हुन् । पार्टीको कार्यकारी भूमिकामा बस्न अझै १५ वर्ष बाँकी रहेको उल्लेख गर्दै उनले एकैपटक माथि चढ्न खोजे लुँडो खेलमा जस्तै लडिने सम्भावना रहेको टिप्पणी गरेका छ्न।

रिपोर्टर्स क्लब नेपालले केही दिनअघि आयोजना गरेको साक्षात्कारमा पनि उनले पार्टी नेतृत्वले जे भन्छ त्यो मान्न आफू तयार रहेको बताएका थिए । उनले त्यतिवेला भनेका थिए,‘सचिवमै बस भन्नुहुन्छ भने पनि तयार छु, होईन सचिव पनि छोड भन्नुहुन्छ भने त्यो पनि तयार छु ।’ उनले त्यतिवेला अध्यक्षलगायत पदाधिकारी सर्वसम्मत् रुपमा चयन गरिने बताएका थिए । तर, अध्यक्षमा भीम रावलले उम्मेद्धवारी घोषणा गरेकोले अब भने सबै पदमा निर्वाचन हुने सम्भावना बढेको छ ।

आज भने भट्टराईले आफू यसपटक सचिवमै दोहोरिने बताएका हुन् । उनले भने,‘लामो यात्रामा दौड्दा कहिलेकाँही चौतारीमा बस्नुपर्छ । यसपालि चौतारीमा बस्ने हो ९सचिवमा०’, त्यसपछि फेरि अगाडि बढ्न मलाई अझै १५ वर्षको सुविधा छ । धेरै माथि चढियो भने, लुँडो खेलमा जस्तो तल खस्ने सम्भावना हुन्छ ।’ file photo

 



प्रतिक्रिया दिनुहोस्