Logo

केपी ओली पार्टीभित्र मात्रै होइन, देशमै चुनौतीरहित नेतृत्व हो: प्रदीप ज्ञवाली (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । नेकपा (एमाले) का प्रवक्ता तथा सचिव प्रदीपकुमार ज्ञवालीले अहिले आफ्नो पार्टीमा ठूलो जनलहर देखिएको बताएका छन् । उनले आफूहरुले जनताको धेरै माया पाएको पनि बताए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले एमालेले पार्टी कार्यकर्ताको संकल्प र जनताको माया दुवै पाएको बताए ।

उनले एमालेले अहिलेसम्म प्रतिपक्षमा बसेर नै पहिलो दल बनेको पनि दाबी गरे । उनले भने,‘हामी प्रतिपक्षमा छौं भनेर हामीलाई कमजोर आँक्ने प्रयास नहोस ।’ उनले भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि फिर्ता हुने सम्भावना हुने सुनाए ।

उनले यदि रावलले उम्मेदवारी फिर्ता नलिए पनि केही नबिग्रिने बताए । उनले भने, ‘केपी ओली पार्टीभित्र मात्रै होइन, देशमै चुनौतीरहित नेतृत्व हो ।’ रावलले उम्मेदवारी फिर्ता नलिए पनि त्यसले आकाश नखस्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्