Logo

केपी ओली बोलेका कुरामा अडिग छन्, दुईजिब्रे कुरा गर्दैनन् : डा. दीक्षित (भिडिओसहित)



काठमाडौं, ८ मंसिर । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले नेकपा (एमाले) मा केपी शर्मा ओलीको विकल्प नै नभएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले अहिले एमालेमा ओलीको विकल्प नै नभएको दाबी गरे ।

उनले भने, ‘आजको दिनमा ओलीको विकल्प ओली नै हो । उहाँलाई टक्कर दिने नेता एमालेमा कोही पनि छैन् । उहाँ आफ्नो बोलीमा अडान लिनुहुन्छ, उहाँ दुईजिब्रे होइन । कार्यकर्ताले उनलाई धेरै मन पराएका छन् ।’ उनले ओलीले गठबन्धनसँग पनि एक्लै चुनाव लड्छु भनेर हिम्मत देखाएको सुनाए ।

उनले ओलीलाई टक्कर दिन एमालेमा कोही नभएको जिकिर गरे । उनले भीम रावलले माधव नेपाललाई उक्साएर पार्टी विभाजन गर्न लगाएको पनि आरोप लगाए । उनले भीम रावल मात्रै नभएर माधव नेपाल छोडेर आएका कसैलाई पनि ओलीले नपत्याउने टिप्पणी गरे ।

उनले भने, ‘यिनीहरुलाई लाज लाग्दैन ? ओली पनि हाँसेर बसेका छन् होला ।’ उनले एमालेको राजनीतिक भविष्य धेरै राम्रो रहेको सुनाए । उनले ओलीलाई आफूहरुले बालुवाटारबाट निकालेको सुनाए । तर, आज पनि नेपालको राजनीतिक केपी ओलीको वरिपरि घुमिरहेको उनको भनाइ छ । उनले भने, ‘केपी ओलीको बोलीमा ठेगान छ । पार्टी एकढिक्का राखेका छन् । यो त ठूलो कुरा हो ।’



प्रतिक्रिया दिनुहोस्