Logo

झिनो अंकले नेप्से बढ्दा ४ अर्बको कारोबार



काठमाडौं, ८ मंसिर । नेप्सेमा आज सामान्य अंकको बृद्धि भएको छ । साताको काराबारको चौथो दिन आज नेप्से १ दशमलव ८२ अंकले बढेर २७ सय ३४ दशमलव ९३ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स भने आज ० दशमलव २८ अंकले घटेर ५१५ दशमलव २० विन्दुमा थामिएको हो ।

नेप्सेको अनुसार आज २२७ कम्पनीको ५४ हजार ७०३ पटक कारोबार भएर ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३७ रुपैयाँ बराबरको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर खरिद विक्रि भएको हो ।



प्रतिक्रिया दिनुहोस्