Logo

देउवा र पौडेललाई भजन, कीर्तन र तीर्थयात्राको तयार गर्न सुझाव दिँदै युवराज न्यौपानेद्वारा सभापतिको उम्मेदवारी घोषणा



काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेसका नेता युवराज न्यौपानेले पार्टीको आगामी १४औं महाधिवेशनमा केन्द्रीय सभापतिको लागि उम्मेद्धवारी दिने घोषणा गरेका छन् । गोरखा, आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थायी घर भएका न्यौपानेले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमार्फत केन्द्रीय सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

न्यौपानले सुरुमै खाडीमा श्रम बेचेर बसेका दाजुभाइ, दिदिबहिनीरुलाई, विद्यार्थीहरु र युवाहरुलाई सम्झन चाहन्छु भनेका थिए । सम्बोधनको क्रममा उनले भने, ‘नेपाली कांग्रेस पुरानो दल हो । कांग्रेसले हरेक क्रान्तिमा अगुवाई गरेको छ। तर, आफैभित्रको आन्दोलनमा भने कांग्रेस सधैं कमजोर रह्यो । १४औं अधिवेशनमा पार्टीको आन्तरिक आन्दोलनको नेतृत्व मेरो उम्मेद्धवारीले गर्छ । मेरो उम्मेदवारीले सबे दलको लागि नयाँ सन्देश सिर्जना गर्नेछ । म पार्टीका आदरणीय सिनियिर नेताहरु शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आग्रह गर्न चाहन्छु– अब पनि तपाईँहरु सभापतिमा उम्मेदवारी दिने वा मनोनयन गर्ने दुस्प्रयास नगर्नुहोस । यहाँहरुले यो पार्टीलाई लामो समय दिनुभयो, जे क्षमता थियो, त्यो दिईसक्नुभयो । अब त्यो प्रयास नगर्नुहोस । उम्मेदवारी दिनुभयो भने अब जनताले अपमानपूर्ण तवरले हटाउनुपर्नेछ । यो अधिवेशनले परिवर्तनको माहोल खोजेको छ।’

उनले आफूले ‘नट ओन्ली डेमोक्रेसी, बट अल्सो मेरिटोक्रेसी’ लागु गर्ने पनि बताए । उनले आफू नेपाली युवाहरुको खास र बास्तविक उम्मेद्धवारी भएको पनि बताए । उनले भने,‘मेरो जीत सुनिश्चित छ । मैले परिवर्तनका एजेडा बोकेको छु । निर्वाचित हुने कुरामा म ढुक्क छु । नेपाली कांग्रेसमा पालो कुरेर राजनीतिक नेतृत्वमा पुग्ने परम्परालाई तोड्दै म अघि बढिसकेको छु । आदरणीय देउवा र पौडेललाई म भन्छु कि तपाईँहरु धेरै दुःख नगर्नुहोस, उमेर धेरै भैसक्यो, अब धेरै दुःख नगर्नुहोस । तपाईँहरुको स्वास्थ्यको मलाई चिन्ता छ, बरु भजन, किर्तन र तीर्थयात्राको तयार गर्नुहोस । तातो पानी खाएर घरमै बस्नुहोस । नेपाली जनताको सपना पूरा गर्ने जिम्मेवारी हामीलाई दिनुहोस । म देशलाई समुन्नत बनाउनेछु ।’

उनले आफूले पार्टीभित्र लोकतान्त्रिक चरित्र स्थापित गर्ने दाबी गरे । उनले भने,‘म निवाचित भएँ भने यही चरित्र लागु गर्छु । म कन्फर्म जित्ने उम्मेद्धवार हुँ । म उम्मेद्धवारी फिर्ता हुने कुनै सम्भावना छैन् । मेरो जितलाई कसैलेपनि रोकन सक्दैन् ।’

हामीहरु यतिबेला नेपाली कांग्रेसको चौधौं महाधिवेशनको क्रममा छौ । नेपालको हरेक क्रान्तिको अगुवाई गरेको राजनीतिक दल नेपाली कांग्रेसको यस महाधिवेशन विशेष र महत्त्वपूर्ण हुनेछ भन्ने विश्वास मैले लिएको छु । गाउँ शहरका हरेक चोक र चिया पसलमा कांग्रेसको महाधिवेशनले स्थान पाइरहेको छ । नेपालको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसको अधिबेशन सर्वाधिक चासोको विषयवस्तु हुनु स्वभाविक पनि हो, तथापी नेपाली कांग्रेस पार्टीको जिवनलाई केलाउने हो भने त्यति उत्साहबर्द्धक अवस्था देखिदैन । पन्ध्रौं महाधिवेशनको तयारी थाल्ने समयमा बल्ल चौधौं महाधिवेशन सम्पन्न हुन गइरहेको बिडम्बनापुर्ण परिवेशमा पनि हामी अत्यन्त हर्षित भइ ठुलै कुरा प्राप्त हुन लागेको र कसैले हामी माथी ठुलै कृपा गरे जस्तो महसुस गरेको छ । नेपाली कांग्रेसको विधान अनुसार प्रत्येक चार वर्षमा गर्नुपर्ने महाधिवेशन साढे ६ वर्षमा गर्दा पनि नेतृत्वको कमि कमजोरी बारे कुनै चर्चा नहुनु फेरि पनि उनीहरुको भक्ती भावमा लागिरहनु र उनिहरुकै महिमा गाइरहनु वि.पि कोइरालाले निर्माण गरेको क्रान्तिकारी पार्टिको कार्यकर्ताको लागि लज्जाजनक विषय हो भन्ने मेरो ठहर छ । १३ वटा महाधिवेशन सम्पन्न गरिसकेको नेपाली कांग्रेसले प्रतिबन्धित अबस्थामा प्रयोगमा ल्याएको सांगठिक ढाँचाको विषयमा कुनै पनि चर्चा नहुनु एउटा गतिशील पार्टीको लागि पक्कै पनि राम्रो विषय होइन । आज सम्म सम्पन्न भएका हरेक महाधिवेशनमा राजनीतिक नेतृत्वले कुनै पनि राम्रो प्रतिबद्धता जनाउन सकेनन् । समय धेरै अगाडी बढिसकेको छ, बिना प्रतिबद्धता केवल पदमा लामो समय पटक पटक बसेको आधारमा आफुलाई नेतृत्वको लागि योग्य ठान्ने प्रचलनको चौधौं महाधिवेशनले क्रमभंग गर्नेछ भन्ने विश्वास मैले लिएको छु । यिनै विषयवस्तुलाई मध्यनजर गर्दै नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा मैले मेरो उम्मेदवारी केन्द्रिय सभापतिमा रहने कुरा जानकारी गराउदछु । मेरो उम्मेदवारीले नेपालको राजनीतिमा नयाँ राजनीतिक कोर्षको सुरुवात गर्नेछ भन्ने विश्वास मैले लिएको छु । नेपालको प्रायः सबै जसो राजनीतिक आन्दोलनको अगुवाई गरेको नेपाली कांग्रेस पार्टी आफै भित्रको आन्दोलनमा भने सधै कमजोर देखिदै आएको छ । मलाई पार्टी भित्रको आन्दोलनको नेतृत्व गर्ने अवसर प्राप्त भएमा म नेपाली कांग्रेसलाई समयानुकूल रुपान्तरण गर्दै देश र जनताको हितमा पार्टिलाई उपयोग गर्ने प्रतिबद्धता प्रकट गर्दछु ।

नेपाली कांग्रेसको सभापतिमा मेरो उम्मेदवारी र मेरा प्रतिबद्दताहरु:

= नेपाली कांग्रेस पार्टीको हरेक क्रियाकलाप लोकतान्त्रिक चरीत्र भित्र रहेर गरिने छ ।
= क्षेत्रिय प्रतिनिधिहरुबाट नै नेपाली कांग्रेसको नेतृत्व चयन हुने ब्यबस्था गरिने छ ।
=नेपाली कांग्रेस पार्टीलाई पुर्ण मास बेस्ड ९ःबकक द्यबकभम एबचतथ० पार्टिको रुपमा रुपान्तरण गरिने छ ।
= दुई किसिमका सदस्य हुने प्राणलीलाई संसोधन गर्दै एकै किसिमको सदस्य हुने प्रणाली कायम गरिने छ ।
= नेपाली कांग्रेस पार्टिको नेतृत्वतहमा उम्मेदवारी दिनको लागि राखिएको सम्पुर्ण समय सिमाहरु हटाई योग्य ब्यक्तिलाई पार्टिमा पुर्णरुपमा खुल्ला गर्ने गरि विधान संसोधन गरिने छ ।
= विद्यमान विधानमा कायम भएको आरक्षण ब्यबस्थालाई समय अनुसार परिमार्जन गर्ने । बहुमत सदस्यहरु खुल्ला प्रतिस्पर्धाबाट निर्वाचित हुने ब्यबस्था गरिने छ ।
= बिद्ययमान विधानमा रहेको अव्यवहारिक अबैज्ञानिक अलोकतान्त्रिक पद्दतिलाई हटाइने छ । (जस्तो जिल्ला सभापति लाई भोट हाल्न पाउने तर उम्मेद्वार हुन नपाउने गाउँ ÷ नगरमा उम्मेद्वार हुन् पाउने तर भोट हाल्न नपाउने जस्ता त्रुटिहरुलाई सच्याउने । )
= पार्टिको भातृ संगठन तरुणदललाई वैचारिक संगठनको रुपमा रुपान्तरण गर्ने अध्ययन, ब्यापार, ब्यबसायमा अनुभवी युवाहरुको मोर्चाको रुपमा तरुण दललाई स्थापित गरिने छ ।
= सम्पुर्ण भातृ संस्था शुभेच्छुक संस्थाको अधिबेशन समयमा नै सम्पन्न गरिने छ ।
= बिद्यमान विधानमा ब्यबस्था भएको केन्द्रिय कमिटीका सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने ब्यबस्थाको परिमार्जन गर्दै मताधिकार मात्रको प्रतिनिधि हुने तर माथिल्लो निकायको चुनावमा प्रतिस्पर्धाका लागि पुनः तल्लो तहबाट निर्वाचित हुनुपर्ने गरिने छ ।
=विधानमा उल्लेख भए अनुसारको समय परिधी रहि महाधिवेशन सप्पन्न गर्ने । महाधिवेशन मिति र महाधिवेशनको निर्वाचित पदाधिकारीको पदभार ग्रहण र सपथ गर्ने दिन विधान नियमावलीमा स्पष्ट उल्लेख गर्ने र तोकिएको मितिमा सबै काम सम्पन्न गरिने छ ।
= विधानमा तोकिएको महाधिवेशनको मिति भन्दा ठिक १२ महिना पहिला सभापतिको मनोनयन प्रक्रिया सुरु हुने ब्यबस्था विधानमा उल्लेख गरिने छ ।
= ५० प्रतिशत निर्वाचित र ५० प्रतिशत मनोनीत केन्द्रिय सदस्य हुने व्यवस्था गर्ने र पदाधिकारी सबै मनोनीत हुने व्यवस्था गर्न लाई विधान संसोधन गरिने छ ।
= पार्टिका विभागहरु राजनैतिक व्यक्तिको नेतृत्वमा विज्ञ र अनुभवीहरुको सहभागितामा निर्माण गरिने छ । यिनै विज्ञ र अनुभाविहरुको सल्लाहमा सरकार र पार्टि संचालन गरिने छ ।
=पार्टिका वर्तमान अवस्थामा संचालित प्रशिक्षण कार्यक्रम पुर्णतया मनोगत रहेको हुनाले यसलाई तथ्यगत रुपमा रुपान्तरण गर्न तोकिएको प्रशिक्षक बाट तोकिएका विषयमा प्रशिक्षण गर्ने । (हाल संचालित प्रशिक्षण कार्यक्रम पार्टिको भन्दापनी व्यक्तिकोे मात्र विचार जस्तो देखिएकाले ।)
= नेपाली काँग्रेस लाई मजदुर, किसान, शिक्षक, कर्मचारी, ब्यापारी, उद्योगपति सबै वर्गको साझा अभिभावक पार्टीको रुपमा स्थापित गरिने छ ।
= हाल देशमा कायम रहेको वितरणका विभेदपूर्ण ब्यबहारलाई अन्त्य गर्दै वितरणका कार्यक्रमहरु जातीय, लैङ्गिक, आधारमा नभई वर्गीय आधारमा हुने ब्यबस्था गरिने छ ।
= जमिनको स्वामित्व (राज्यमा लैजाने प्रक्रियामा बहस सुरु गर्ने ) र अधिग्रहण सम्बन्धमा नयाँ कानुन ब्यवस्था गरि भौतिक पुर्वाधारमा नेपाललाई नमुनाको रुपमा अघि बढाइने छ ।
= शिक्षा नै समानताको साधन भएको हुनाले सबै वर्गलाई समान शिक्षा दिने ब्यबस्था स्थापित गर्ने । समान शिक्षालाई स्थापित गर्ने सकेको दिन आरक्षण ब्यबस्थाको अन्त्य गरिने छ ।
= सामाजिक सुरक्षा भत्तालाई योगदानमा आधारित सुरक्षा भत्तामा रुपान्तरण गर्ने । वि.स. २०३५ भन्दा पछि जन्म भएका ब्यक्तिले योगदान सामाजिक सुरक्षा भत्ता दावी गर्ने नपाउने ब्यबस्था गरिने छ ।
= पर्यटनलाई प्रवर्द्धन गर्ने उड्डयन प्राधिकरणमा चमत्कारिक परिवर्तन गर्ने । उड्डयन सेवालाई सस्तो बनाउन सबैखाले प्रयत्न गरिने छ ।
= जलविद्युतको विकासको लागि भारतसंग विशेष सन्धी गर्दै नेपालको सम्पुर्ण सम्भाव्य जलविद्युत परियोजना २५ वर्ष भित्र निर्माण सम्पन्न गरिने छ ।
= उद्योगी , पँुजिपती , वैदेशिक लगानिकर्ता सबैलाई पुर्ण सुरक्षाको अनुभुती दिलाउदै लगानिको वातावरण सिर्जना गरि युवाहरूलाई स्वदेशमा रोजगारी उपलब्ध गराउदै आगामी २० वर्षमा वैदेशिक रोजगारीमा जानू नपर्ने अबस्थाको सिर्जना गरिने छ ।
=युवा उद्धमशील विकास गर्न स्वरोजगार र सोहि अनुरुपको आर्थिक मोडलको बिकास गरिनेछ ।
=संबिधानमा उल्लेखित मौलिक हक संबिधानमा मात्र सिमित नरही व्याबहारिक रुपमा प्राप्त गर्ने वातावरण बनाइने छ ।
= असंलग्न नीति, पञ्चशीलको सिद्दान्त र संयुक्त राष्ट्र संघको वडापत्रको आधारमा रही वैदेशिक नीति निर्माण गरिनेछ ।
= नेपालका सबै पार्टिहरु सम्मेलित गोलमेच सम्मेलन गरि छिमेकी मित्र राष्ट्र भारत सँगको विशेष सम्बन्धलाई साझा ढंगले परिभाषित गरिनेछ ।
= छिमेकी मित्र राष्ट्र चिन संगको सम्बन्धन्लाई सुमधुर कायम राखिनेछ ।
= आजको युवाको सपनाहरुलाई वास्तविक जिवनमा प्राप्त हुने वातावरण बनाउन ।

परिचय
युवराज न्यौपाने
आरुघाट गाँउपालिका–०८, गोरखा
शिक्षाः एम.ए., वि.एड, एल.एल.वि– त्।ग्।
पेशाः
– शिक्षण (२०५७–६०)
– व्यापार/व्यावसाय (२०६०– हालसम्म)
भ्रमणः मेलसिया, सिंगापुर, भियतनाम, थाइल्याण्ड, कम्बोडिया, फिलिपिन्स, हङकङ, चिन, भारत

 



प्रतिक्रिया दिनुहोस्

Screenshot