Logo

नशाको ट्युमरको उपचार गर्दै आएकी कुमारी निरौलाद्वारा सहयोगको अपिल



काठमाडौं, ८ मंसिर । बाल्यकालदेखि नशाको गम्भिर ट्युमर रोगसँग लड्दै आएकी कुमारी निरौलाले सहयोगको अपिल गरेकी छिन् । पाँचथर आँमचोककी ३२ वर्षीया निरौलाले उपचारको लागि आर्थिक सहयोगको अपिल गरेकी हुन् ।

आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर निरौलाले बढ्दै गईरहेको ट्युमरको दोस्रोपटक शल्यक्रिया गर्नको लागि १० लाख लाग्ने भएकोले सहयोग गर्न अपिल गरिन् । उनको हाल त्रि.वि शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

कार्यक्रममा बोल्दै निरौलाले यसअघि पनि शल्यक्रिया भइसकेको हुनाले अब दोस्रोपटक हुन लागेको शल्यक्रियाको लागि आफुसँग एकरुपैयाँ नभएको बताइन् । उनले भनिन्, ‘मेरो आर्थिक अवस्था कमजोर छ मलाई सपोर्ट गर्नुहोस् ।’
उनले लामो समयदेखि उपचार गर्दै आएकोले आफ्नो आर्थिक अवस्था अत्यन्तै कमजोर हुँदै गाएको बताइन् । उनले पर्याप्त रकम अभावको कारण उपचारमा अत्यन्तै कठिनाई भएको सुनाइन् ।

‘जन्मजात मेरो गालाको दाग बढ्दै गयो । नशाको ट्युमरको रुपमा विकास भएको दागको उपचारका क्रममा काठमाडौं आएकी छु । परिवारको आर्थिक अवस्था कमजोर छ । त्यसैले ठूलो खर्च लाग्ने ट्युमरको उपचार गर्न नसक्ने अवस्थाकी छु ।’ निरौलाले भनिन् ।
‘एकैचोटी मात्र नभएर धेरै पटक अपरेसन गर्न पर्ने भएको छ, तर मसँग पर्याप्त रकम छैन् ।’ उनले तत्कालै उपचार गर्न खर्च नभएकोले सहयोग गर्न आग्रह गर्दै निरौलाले भनिन्,‘ तपाईहरु सबैले मलाई आर्थिक सहयोग गरेर नयाँ जीवन दिनुहोस्, मेरो उपचार गर्न पाए भने यहाँहरुसँग म फेरी आउनेछु । मलाई माया गरिदिनुहोस,सर्पोट गरिदिनुहोस् ।’

उनको जन्मजात नै कोठी आएको थियो । पछि कोठी बढ्दै गएर नशाको ट्युमर भएपछि आफुलाई निकै गाह्रो भएको गुनासो पोखिन् । उनी हाल आश्रय लिएर आफन्तकोमा इलाममा बस्दै आएकी छिन् ।

कार्यक्रममा बोल्दै उनलाई सहयोग गर्दै आएकी सामाजिक अभियन्ता सबिना बरालले उनका आमा, बुवा दुवैजना अशक्त रहेको जानकारी दिइन् । भएको एउटा भाई पनि मानसिक रागी भएको उनले बताइन् । उनले आर्थिक अवस्था अत्यन्त्यै कमजोर भएकी बिरामी निरौलाको उपचारको लागि देश तथा विदेशमा रहेका सबै दाजुभाई दिदी बहिनीहरुलाई सहयोग गर्न आग्रह गरिन् । उनले भनिन्, ‘निरौलाको तत्कालै उपचार गर्न पर्ने अवस्था छ, डाक्टरहरुले १० लाख रुपयाँ लाग्ने बताइरहनु भएको छ, तर उहाँसँग एक पैसा पनि छैन् । उहाँका भाई पनि मानसिक रोगी छन् । बुवा आमा अशक्त हुनुहुन्छ । उनलाई सहयोग गर्ने कोही छैन् ।’

कार्यक्रममा निरौलाले आफुलाई सहयोग गर्नको लागि ९८४९७५४०७१ मा सम्र्पक गर्न पनि आग्रह गरेकी छिन् । त्यस्तै, उनले सहयोगको लागि नेपाल एसबीआई बैंक मधुमल्ला शाखा झापामा रहेको खाता नम्बर २५०१५२४३४००१३७ पनि दिएकी छिन् ।

 



प्रतिक्रिया दिनुहोस्