Logo

अध्यक्ष त्रिरत्न बज्राचार्यको जवाफबाट इन्जिनियरहरु रुष्ट



काठमाडौं, ८ मंसिर । नेपाल इन्जिनियर्स एसोसिएशन (ने.ई.ए)को ३३औं निर्वाचन २०७७ मंसिरभित्र सम्पन्न भई सक्नुपर्नेमा अहिलेसम्म हुन सकेको छैन् । उम्मेदवारी तथा प्रकाशित मतदाता नामावलीमा नियम र विधानविपरितका गतिविधि भएको भन्दै असहमति राख्दै सच्चाएर निर्वाचन गर्न माग गर्दै केन्द्रीय निर्वाचन समितिमा मंसिर ७ गते इन्जिनियरहरुले तालाबन्दी गरेका थिए ।

एनइएसका अध्यक्ष ई.देव नारायण यादव र एनइओएनका अध्यक्ष ई.रामेश्वर लामिछानेले तालाबन्दी गरेका हुन् । एसोसिएसनका अध्यक्ष ई.प्रा.डा.त्रिरत्न बर्जाचार्यले इन्जिनियरको जायज कुरा नसन्ने, कार्ड माग्दा मैले दिने हो र भन्ने जस्ता गैर जिम्मेवारी पुर्ण जवाफ दिएको भन्दै रुष्ट भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्