Logo

बारका अध्यक्ष श्रेष्ठसहित तीन जना पदाधिकारीविरुद्ध मुद्दा दर्ता



काठमाडौं, ८ मंसिर । नेपाल बारका तीन जना पदाधिकारीविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता भएको छ। न्यायालय सुचारु हुनुपर्ने र जनताले न्याय पाउने अधिकार बञ्चित गर्न नहुने भन्दै अभियान चलाउँदै आएको ‘द हण्ड्रेड ग्रुप’ले नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई र महासचिव लीलामणि पौडेलविरुद्ध गाली बेइज्जती मुद्दा दायर गरेको छ ।

ग्रुपका तर्फबाट अध्यक्ष बब्लु गुप्ताले मंसिर ३ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् । मुद्दाको दर्ता नम्बर ०७८–सीचार–१००७ रहेको छ। बारका अध्यक्ष श्रेष्ठले न्यायालय सुधारको लागि उक्त ग्रुपले गरेको आन्दोलनलाई लक्षित गरेर जथाभावी बोलेको र भाडाको गुण्डा भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्