Logo

प्रचण्डले देशलाई जातीय द्वन्द्वमा होम्न खोजेको ओलीको आरोप



काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जातीय द्वेष फैलाएर देशलाई द्वन्द्वमा होम्न खोजेको आरोप लगाएका छन् । आज राजधानीमा पार्टीको साइबर सर्कलको घोषणा कार्यक्रममा बोल्दै प्रचण्डका कारण देशमा साम्प्रादायिक हिंसाको खतरा रहेको टिप्पणी गरे ।

‘अरुका छोराछोरीलाई उल्क्याएर होम्दिने ? उल्कयाएर देशलाई द्वन्द्वमा होमिदिने ?’ प्रचण्डतर्फ संकेत गर्दै ओलीले भने,‘देशमा साम्प्रादायिक विद्वेष फैलाउने गतिविधिहरु भएका छन् ।’

देशमा जातीय घृणा फैलाउने कार्य प्रचण्डबाट भएको आरोप लगाउँदै वल्लो गाउँ र पल्लो गाउँ ओहोरदोहोर गर्न नसकिने अवस्था सम्म पुर्याइदिएको टिप्पणी गरे । उनले भने,‘चुनावभन्दा अगाडि हामीलाई तराई निषेध गरिएको थियो । देश कहाँ पुगेको थियो ? त्यसप्रकारको घृणा फैलाउने काम गरिएको थियो ।’

देशमा जातीय र साम्प्रादायिक घृणा फैलाउने र राष्ट्रिय एकता बिगार्नेहरुबाट सचेत हुनुपर्नेमा जोड दिए । उनले साइबर सर्कललाई राष्ट्रिय एकतामा काम गर्न पनि निर्देशन दिए ।

प्रचण्डका नातिनीहरु बेलायत पढिरहेको उल्लेख गर्दै उज्ज्वल र सुखमय भविष्यको कामना गरे । तर, ओलीले व्यङ्ग्य गर्दै भने,‘दुईटै छोरीका छोरीहरु बेलायत पढ्छन् । भरतपुरका र यताका पनि पढ्छन् । नातिनीहरुले राम्रो शिक्षा पाएका छन्, जीवन सुखमय बनोस् । तर, अरुका छोराछोरीलाई उल्क्याएर होम्दिने ।’

विगतमा भएका द्वन्द्वको स्मरण गराउँदै धेरै युवाहरुको जीवन बर्बाद पारिएको टिप्पणी गरे । उनले प्रचण्डतर्फ संकेत गर्दै भने,‘ युवाहरुलाई ठगे, कति टुहुरा भए, कतिको काँख रित्तिए ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot