Logo

कांग्रेस १४औं महाधिवेशनः २८ जिल्लामा नयाँ नेतृत्व



काठमाडौं, मंसिर ९। नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । हालसम्म चयन भएका जिल्लाको नेतृत्व हेर्दा कांग्रेसको केन्द्रीय नेतृत्वकै दुई गुटबीच कडा टक्कर देखिएको छ ।

१४औं महाधिवेशनअन्तर्गत एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका हिमाली र पहाडी गरी ३५ निर्वाचन क्षेत्र छन् । तीमध्ये २८ जिल्लामा नयाँ नेतृत्व चयन भएको हो । जिल्ला अधिवेशन सम्पन्न भएका २८ जिल्लाको परिणाममा कांग्रेसको संस्थापन पक्ष अगाडि देखिएको छ । सार्वजनिक मत परिणामअनुसार २८ मध्ये १५ जिल्लामा हालका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्दै आएको संस्थापन समूहले नेतृत्व हात पारेको छ ।

यस्तै, १३ वटा जिल्लामा संस्थापनइतर समूहले नेतृत्व पाएको छ । एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा भने जिल्ला नेतृत्व चयन गर्न १० मंसिरमा जिल्ला अधिवेशन तोकिएको छ ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार १३ जिल्लामा दसैंअघि नै अधिवेशन भएको थियो । अन्य हिमाली तथा पहाडी जिल्लामा भने अहिले धमाधम नेतृत्व चयनको काम भइरहेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्