Logo

प्रथम महिला प्रधानमन्त्री बनेको एक घन्टामै राजीनामा



एजेन्सी, ९ मंसिर । उनी स्वीडेनकी प्रथम प्रधानमन्त्री नियुक्त भइन् । तर, नियुक्तिको एक घन्टामै राजीनामा दिइन् ।

मागडालेना एन्डरसन बुधबार आफ्नो पार्टी सोसियल डेमोक्रयाटको नेता बन्दै प्रधानमन्त्री नियुक्त भएकी थिइन् । गठबन्धनको अर्को दल ग्रिन्स पार्टीले बजेट अस्वीकार गर्दै समर्थन फिर्ता लियो । बजेट पारित हुन नसकेपछि एन्डरसनले राजीनामा दिइन् ।

एन्डरसनले राजीनामा दिएपछि स्वीडेनमा नयाँ सरकार गठनको अर्को प्रक्रिया बढ्ने भएको छ ।

तर, स्वीडेनको प्रथम महिला प्रधानमन्त्री बन्दै एन्डरसनले इतिहास रचेकी छिन् । स्वीडेनमा महिलाले मताधिकार पाएको एक सय वर्षपछि पहिलोपटक महिला प्रधानमन्त्री बनिन् ।

५४ वर्षीया एन्डरसन पूर्व पौडी च्याम्पियन हुन् । उनी उपसला विश्वविद्यालयमा अध्ययन गरी सन् १९९६ मा राजनीतिमा आएकी हुन् । एन्डरसन सन् १९९६ मा स्वीडेनका प्रधानमन्त्री गोरान परसनको राजनीतिक सल्लाहकार थिइन् ।



प्रतिक्रिया दिनुहोस्