Logo

लावालस्करसहित ओली आज चितवन जाँदै, यस्तो छ तयारी



काठमाडौं, मंसिर ९ । भोलीदेखि हुने १०औं महाधिवेशन उद्घााटनका लागि नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन् ।

अध्यक्ष ओली अहिले विहान ११ बजे चितवन पुगेर आज दिउँसो एमाले निकट नेपाल बुद्धिजीवि परिषदले आयोजना गरेको कार्यक्रममा सहभागिता हुनेछन् ।

ओलीसंगै अन्य नेताहरू पनि आजै चितवन जानलागेका छन् । योगेश भट्टराई र सुरेन्द्र पाण्डे लगायतका नेताभने बुधबारदेखि नै चितवनमा रहेका छन् ।

एमालेको महाधिवेशन भोलिदेखि तीन दिनसम्म चितवनमा आयोजना हुँदैछ । शुक्रबार नारायणगढस्थित नारायणी नदी किनारमा हुने उद्घाटन कार्यक्रमपछि सौराहामा बन्दसत्र आयोजना हुनेछ ।



प्रतिक्रिया दिनुहोस्