Logo

जनगणनाको आज अन्तिम दिन



काठमाडौं, मंसिर ९ । गत मंसिर २५ गतेदेखि शुरु भएको १२ औँ राष्ट्रिय जनगणना अन्तरगत तथ्याङक लिने आज अन्तिम दिन रहेको छ । यस अभियान अन्र्तगत आज अन्तिम दिन पनि गणकहरुले विवरण संकलन गरिरहेका छन् ।

यसक्रममा आफ्ना घर(घरमा आउने गणकहरुलाई सही र एकिन विवरण उपलब्ध गराइ सहयोग गर्न केन्द्रीय तथ्याङक विभागले अनुरोध गरेको छ ।

प्रत्येक १०र१० बर्षमा एकपटक हुने जनगणना एक महत्वपूर्ण राष्ट्रिय घटना मानिन्छ । गणकहरुलाई उपलब्ध गराइएको विवरणबाटै राजनीतिक, सामाजिक, शैक्षिक र आर्थिक कार्ययोजनाको खाका तय गरिने हुंदा यसमा सहभागी हुनु आम नागरिकको दायित्व पनि हो ।

१२ औं राष्ट्रिय जनगणना अन्तरगत देशभर ४० हजार गणकका साथै साँढे ८ हजार सुपरिवेक्षक परिचालन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्