Logo

नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालयबीच सम्झौता, विना धितो १५ लाख सम्मको कर्जा उपलब्धता गराउने



काठमाडौं, ८ मंसिर । नेपाल बैंकले त्रिभुवन विश्वबिद्यालयसँग सम्झौता गरेको छ । बैंक र विश्वबिद्यालयबीच उक्त विश्वबिद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको हो । सम्झौता पछि नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वबिद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ ब्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने भएको छ ।

त्रिभुवन विश्वविधालयका उपकुलपति प्रा.डा.धर्मकान्त वास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा त्रिभुवन विश्वबिद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोलाले नेपाल बैंक र त्रिभुवन विश्वबिद्यालय बीचको धेरै पुरानो सम्बन्ध रहेको स्मरण गर्दै नेपाल बैकले त्रिभुवन विश्वबिद्यालयमा प्रदान गर्दै आएको अटुट सेवाको उच्च प्रसंसा गर्दै नेपाल बैकलाइ धन्यबाद दिएका छन् ।

नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले देशका दुइ वटा जेठा संस्थाहरुवीच ऐतिहासिक सम्बन्ध रहेको बताउदै सेवाग्राही कर्जाको यो सम्झौताबाट त्रिभुवन विश्वबिद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा त्रिभुवन विश्वबिद्यालयका रेक्टर प्रा.डा.शिवलाल भुषाल, रजिष्टार प्रा.डा.पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ्ग तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै बैंकको किर्तिपुर शाखाका शाखा प्रबन्धक ज्ञानराज गौतम लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्